पोखरामा दुई महिलाले चिनियाँ नागरिकसँग बालिकाको बिहे गराइदिएपछि...

पाेखरा | साउन ३१, २०८१

पोखरामा दुई महिलाले चिनियाँ नागरिकसँग बालिकाको बिहे गराइदिएपछि...

पोखरा:     जिल्ला प्रहरी कार्यालय कास्कीले मानव वेचविखन तथा ओसारपोसार गरेको आरोपमा चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । 


प्रहरीले पोखरा लेकसाइडस्थित होटल मिराकलबाट चिनियाँ नागरिकसहित ३ जनालाई हिजो (मंगलबार) पक्राउ गरेको हो । 


पोखरा १६ संगमटोल बस्ने २२ वर्षीय सरु वि.क, पोखरा २२ आर्वा बस्ने ३४ वर्षीय भगवती अधिकारी र चिनिया नागरिक झी मिङ चेनलाई मानव वेचविखन तथा ओसारपोसार मुद्धामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । 


पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपोसार मुद्धामा ५ दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


घटना केःहो ? 


कास्की प्रहरीका अनुसार साउन १३ लमजुङको साबिक भोज स्थायी घर भई पोखरा १६ संगमटोल बस्ने सरु विक र पोखरा २२ आर्वा बस्ने अन्दाजी ३४ वर्षीय भगवती अधिकारीले १४ वर्षीय बालिकालाई अभिभावकलाई कुनै जानकारी नदिई चिनिया नागरिकसँग बिहे गर्न प्रस्ताव गर्छन् । 


‘तिमी दुःख पाउने केटी रहेछौं, हामीहरुले चाईनिज नागरिकलाइ चिनेका छौं, तिमी उसँग विवाह गरेऊ भने तिम्रो भविष्य बन्छ’ भन्दै बालिकालाई विभिन्न किसिमका प्रलोभन देखाई चिनियाँ नागरिकसँग आर्थिक लिएर उनीहरुले विवाह गरिदिन्छन् । 


चिनियाँ नागरिकसँग विवाह गरिदिएपछि बालिकालाई लेकसाईडस्थित होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित बालिका भाग्न सफल भएको कास्की प्रहरीले जनाएको छ । 


बालिकालाई वेचविखन गर्ने उद्धेश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटलमा बन्धक बनाएको भन्दै पीडित बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानको क्रममा चिनिया नागरिकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्